काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)का सचिव जय शाहले जुलाई ९ मा टीम इन्डियाको मुख्य प्रशिक्षक पदका लागि गौतम गम्भीरको नाम अनुमोदन गरे ।
आधिकारिक रूपमा गम्भीरलाई राहुल द्रविडको उत्तराधिकारीको रूपमा चयन गरिएको छ ।
अब गम्भीर सन् २०२७ सम्म टिम इन्डियाको मुख्य प्रशिक्षक रहनेछन् । भर्खरै आफ्नो प्रशिक्षकमा कोलकाता नाइट राइडर्सलाई आईपीएल २०२४ को च्याम्पियन बनाएका यी अनुभवी खेलाडीको कार्यकाल श्रीलंका भ्रमणबाट सुरु हुनेछ ।
यसैबीच सबैको दिमागमा यो प्रश्न उठिरहेको छ कि गम्भीरको तलब कति छ ? विश्वकै धनी क्रिकेट बोर्डले आफ्नो मुख्य प्रशिक्षकलाई यो जिम्मेवारी बापत कति पैसा तिर्दैछ ?
मिडिया स्रोतका अनुसार गम्भीरको भारतीय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्तिको आर्थिक औपचारिकता अझै पूरा हुन सकेको छैन । तर, उनको तलब भने तय हुन बाँकी रहेको बताइएको छ ।
गम्भीरको पारिश्रमिक पूर्व प्रशिक्षकहरू राहुल द्रविड र रवि शास्त्रीको सरह हुने अनुमान गरिएको छ । द्रविडले वार्षिक १२ करोड भारू तलब पाउने गरेका थिए ।
बीसीसीआईको एक स्रोतले भने, ‘गम्भीरले जिम्मेवारी सम्हाल्नु बढी महत्वपूर्ण हो, तलब र अन्य कुरामा काम गर्न सकिन्छ । यो सन् २०१४ मा रवि शास्त्रीसँग मिल्दोजुल्दो छ, जसमा उनी मुख्य प्रशिक्षक डंकन फ्लेचरको स्थानमा पहिलो पटक क्रिकेट निर्देशक बन्नुभएको थियो । रवि जोडि्ँदा भएको दिन उहाँसँग सम्झौता पनि थिएन र पछि कुराहरू पूरा भयो । गौतमको मामिलामा पनि केही विवरण आउन बाँकी छ । सम्भव तलब पछि नै टुंगो लाग्नेछ ।’
गम्भीरको तलब पनि द्रविड सरह हुने स्रोतले जनाएको छ ।
चुनौतिहरू
यस समयमा गम्भीरका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा उनको तीन वर्षको कार्यकालमा आउने चुनौतीहरूको लागि तयारी गर्नको लागि उत्कृष्ट सपोर्ट स्टाफ हुनु हो ।
गम्भीरले एनसीए (नेसनल क्रिकेट एकेडेमी)को प्रशिक्षकसँग मिलेर काम गर्ने आफ्नै टोलीसँग काम गर्ने बताइएको छ ।
गम्भीरले भनेका थिए, ‘क्रिकेट मेरो जुनून हो र म बीसीसीआई, राष्ट्रिय क्रिकेट एकेडेमीका प्रमुख भीभीएस लक्ष्मण, सहयोगी स्टाफ र सबैभन्दा महत्त्वपूर्ण खेलाडीहरूसँग मिलेर काम गर्न चाहन्छु किनकि हामी आगामी प्रतियोगिताहरूमा सफलता हासिल गर्न चाहन्छौं ।’
सपोर्ट स्टाफलाई लिएर अड्कलबाजी सुरु
गम्भीरको कोर सपोर्ट स्टाफमा को-को हुनेछन् भन्नेमा निकै चासो छ । केकेआर एकेडेमीका प्रमुख अभिषेक नायरको संलग्नताको बारेमा अनुमान गरिएको छ, जो आईपीएल फ्रेन्चाइज केकेआरका एक महत्वपूर्ण रणनीतिकार हुन् ।
सबैभन्दा महत्त्वपूर्ण कुरा उनी वर्तमान कप्तान रोहित शर्माका नजिकका साथीहरूमध्ये एक हुन् ।
बीसीसीआईका एक अधिकारीले बलिङ प्रशिक्षकका लागि एल बालाजी र जाहिर खानको नाम दुई सम्भावित उम्मेदवारको रूपमा प्रस्तुत गरेका छन् । रिपोर्टका अनुसार आर विनय कुमारको नाम पनि आइरहेको छ, जसलाई गम्भीरको रोजाइ मानिन्छ ।
Facebook Comment
Comment