अष्ट्रेलिया : बुवाले घरमा आगो लगाउँदा तीन छोराछोरीको मृत्यु, अन्य भागेर बाँचे

नेपालभ्युज

अष्ट्रेलिया : बुवाले घरमा आगो लगाउँदा तीन छोराछोरीको मृत्यु, अन्य भागेर बाँचे

काठमाडौं । एक अस्ट्रेलियाली व्यक्तिमाथि आफ्ना तीन छोराछोरीको हत्या गरी घरमा आगो लगाएर परिवारका सबै सदस्यलाई मार्ने प्रयास गरेको आरोप लागेको छ ।

आइतबार बिहान सिड्नी क्षेत्रमा भएको यो घटनामा आगलागीमा परी पाँच महिनाकी शिशु, दुई साढे वर्षका र ६ वर्षका बालबालिकाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

घटनामा साढे दुई वर्षको बालक निकै नराम्रो अवस्थामा घरबाट बाहिर निस्कन सफल भएका थिए । प्रहरीले उनलाई अस्पताल लगेको थियो तर, बचाउन सकेन ।

छिमेकी र आकस्मिक सेवाहरूले बाँकी सदस्यहरूलाई सुरक्षित रूपमा घरबाट बाहिर निकाल्ने प्रयास गरेका थिए । घटनामा चार, सात र ११ वर्षका तीन बालक, नौ वर्षीया बालिका र आमा भने बाँच्न सफल भएका थिए ।

२८ वर्षीय पुरुषमाथि तीनवटा हत्या, पाँच वटा ज्यान मार्ने प्रयास र सम्पत्ति नष्ट गरेको आरोप छ । अष्ट्रेलिया सरकारले घरेलु हिंसालाई ‘राष्ट्रिय संकट’ घोषणा गरेको बेला यो खबर आएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved