मण्डलामा माण्डवी मञ्चन हुँदै

नेपालभ्युज

मण्डलामा माण्डवी मञ्चन हुँदै

काठमाडौँ। राम के.ए.सी. को लेखन तथा निर्देशनमा तयार भएको नाटक ‘माण्डवी’ थापागाउँ स्थित मण्डला थिएटरमा मञ्चन हुने भएको छ।

निर्देशक के.ए.सी  का अनुसार ‘माण्डवी’ ले पढाइ, करियर, जागिर, पैसा, सम्पत्ति, आफ्नो बिरानोको चक्रव्यूहमा मानिसहरूले स्वयंलाई बिर्सिएपछि सुरु हुने खोज र आधुनिक समयले व्यस्तताको भ्रूणबाट जन्माएको सम्बन्धहरूको अदृश्य ऐँठनको विषयवस्तु उठान गरेको छ।

यो नाटक एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट र त्यही मातहतका विद्यार्थीहरूको थिएटर क्लबको प्रस्तुतिमा मञ्चन हुन लागेको हो।

नीलिमा पाण्डे, अभिषेक प्रधानाङ्ग, सनम अर्याल, आस्का गौचन, प्रयानमान बुद्धाचार्य, उषा कुसुम पुरी, युनेश तखाछेँ र नुरेश पौडेलको अभिनय रहको नाटक असार २८ गते साँझ ५ बजे र २९ अनि ३० गते दिउसो १२ बजे र साँझ ५ बजे गरी ५ सो मञ्चन गरिनेछ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved