घरायसी सामान किन्न भारतीय बजार गएका तीन नेपालीको मोटरसाइकल दुर्घटनामा मृत्यु

नेपालभ्युज

घरायसी सामान किन्न भारतीय बजार गएका तीन नेपालीको मोटरसाइकल दुर्घटनामा मृत्यु

काठमाडौं । बाँकेको नरैनापुरसँग सिमाना जोडिएको भारतको श्रीवस्ती जिल्लास्थित राजपुरमा मोटरसाइकल दुर्घटना हुँदा तीन नेपालीको मृत्यु भएको छ ।

दुर्घटनामा बाँकेको राप्ती सोनारी गाउँपालिका– १ का बनुवा नाकाका ५१ वर्षीय गोबर्धन घर्ती, ३३ वर्षीय लालबहादु बेसोउटी र २८ वर्षीया कल्पना श्रेष्ठको मृत्यु भएको हो ।

उनीहरु सवार मोटरसाइकल ट्याक्टरसँग ठोक्किदा दुर्घटनामा परेको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका तीनै जनाको उपचारका क्रममा भारतीय अस्पतालमा मृत्यु भएको हो ।

उनीहरु घरायसी सामान किन्न भारतीय बजार जाँदै थिए ।

मृतकका परिवारलाई क्षतिपूर्तिका विषयमा भारतीय प्रहरीसँग नेपाल प्रहरीले समन्वय गरिरहेको बताएको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved