कोलम्बिया कोपा अमेरिका फुटबलको फाइनलमा, १५ औं पटकको च्याम्पियन उरुग्वे घर फर्कियो

नेपालभ्युज

कोलम्बिया कोपा अमेरिका फुटबलको फाइनलमा, १५ औं पटकको च्याम्पियन उरुग्वे घर फर्कियो

काठमाडौं । कोलम्बिया कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

उरुग्वेलाई १–० गोलले हराउँदै कोलम्बिया उपाधि नजिक पुगेको हो । १५ पटकको च्याम्पियन उरुग्वेलाई यसपटक कोलम्बियाले सेमिफाइनलबाटै घर फर्काइदिएको छ ।

पहिलो हाफको ३९औँ मिनेटमा जेफ्रिसन लिर्माले गरेको गोल नै कोलम्बियालाई फाइनल पुग्न पर्याप्त भयो ।

पहिलो हाफको अतिरिक्त समयमा कोलम्बियाका डानियल मुनोज रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि कोलम्बिया १० खेलाडीमा सिमित भएको थियो ।

निकै आक्रामक खेलेको उरुग्वेले गोलका लागि प्रयास गरे पनि सफल हुन सकेन ।

पछिल्ला २७ खेलमा अपराजित कोलम्बिया २३ वर्षपछि कोपा उपाधि जित्ने योजनामा अघि बढेको छ । कोलम्बियाले २००१ मा पहिलो पटक कोपा जितेको थियो ।

कोलम्बियाले उपाधिका लागि अब अर्जेन्टिनासँग खेल्नेछ । अर्जेन्टिना १५ पटकको विजेता पनि हो । साविक विजेता अर्जेन्टिना क्यानाडालाई २–० ले पराजित गर्दै फाइनल पुगेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved