सामसङ इनोभेसन क्याम्पसका विद्यार्थीहरूलाई फ्युचर–टेक कोर्सहरूमा तालिमको प्रमाणपत्र प्रदान

नेपालभ्युज

सामसङ इनोभेसन क्याम्पसका विद्यार्थीहरूलाई फ्युचर–टेक कोर्सहरूमा तालिमको प्रमाणपत्र प्रदान

काठमाडौं । सामसङले आफ्नो प्रमुख सीएसआर कार्यक्रम सामसङ इनोभेसन क्याम्पसका तेस्रो ब्याचको कोडिङ एण्ड प्रोग्रामिङ पूरा गरेकोमा त्रिभुवन विश्वविद्यालय विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरेको छ । कम्पनीले त्रिविको इन्स्टिच्युट अफ इन्जिनियरिङको पुल्चोक क्याम्पसका ५३ जना विद्यार्थीलाई प्रमाणपत्र दिएको हो ।

५३ जना विद्यार्थीहरूलाई कोर्स उत्तीर्ण गरेको प्रमाणपत्र त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङमा आयोजित समारोहमा प्रदान गरिएको थियो । जसमा सामसङ नेपाल कार्यालयका प्रमुख, इन सु किम र त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा। डीन डा। शशिधर राम जोशी, साथै सहायक डीन विनोद कुमार भट्टराई/सहायक डीन सुरज लामिछाने र पुल्चोक क्याम्पसका क्याम्पस प्रमुख डा।इन्द्र प्रसाद आचार्यले उपस्थिति जनाएका थिए ।

सामसङले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङको पुल्चोक क्याम्पसमा आफ्नो ग्लोबल सीएसआर कार्यक्रम, सामसङ इनोभेसन क्याम्पसको उद्घाटन सन् २०२३ को डिसेम्बरमा गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved