रामआशिषलाई मृत्युदण्ड दिनै लाग्दा बुझिन् दुर्गाकी श्रीमतीले ब्लडमनी, सीडीओको पहलमा यसरी जोगियो ज्यान !

यो घटनाको खबरले दुवै जनाको घरपरिवारमा बज्रपात भयो । एक जनाको ज्यान गयो । कमाउन विदेश गएका दुर्गा मारिए । रामआशिष पनि जेल परे । अझ पाँचवर्षपछि त उनले पनि मृत्यूदण्ड पाउँदै थिए ।

नेपालभ्युज

रामआशिषलाई मृत्युदण्ड दिनै लाग्दा बुझिन् दुर्गाकी श्रीमतीले ब्लडमनी, सीडीओको पहलमा यसरी जोगियो ज्यान !

काठमाडौं । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१७ का रामआशिष यादवका तीन छोरी, आमा–बुबासहित ६ जनाको परिवार थियो ।

घर चलाउन गाह्रो भएको भन्दै रामअशिष २९७४ मा साउदी अरब पुगे । उनीसँगै रुपन्देहीको कञ्चन गाउँपालिका–४ का दुर्गाप्रसाद शर्मा पनि साउदी अरब गएका थिए ।

उनीहरूले खाने, रमाउने थलो पनि एउटै थियो । २०१८ को अक्टोबर ६ तारिखमा कोठामै खानपान गरेर रमाइरहेकै बेला उनीहरुबीच सामान्य विवाद भयो । त्यस क्रममा रामआशिषले दुर्गालाई छुरा हाने । दुर्गाको घटनास्थलमै ज्यान गयो ।

हत्या अभियोगमा रामआशिष पक्राउ परे । साउदीको ताबुक क्रिमिनल कोर्टले सन् २०२० को २० डिसेम्बरमा राम आशिषलाई ५ वर्ष कैद सजायको फैसला गर्यो‍ । ५ वर्षपछि दुवै जनाको परिवार बीच ब्लडमनीमा सम्झौता नभए फाँसी दिने फैसला आयो ।

यो खबरले दुवै जनाको घरपरिवारमा बज्रपात भयो । एक जनाको ज्यान गयो । कमाउन विदेश गएका दुर्गा मारिए । रामआशिष पनि जेल परे । अझ पाँचवर्षपछि त उनलाई पनि मृत्यूदण्ड हुँदै थियो ।

विपन्न आर्थिक अवस्थाको कारण रामआशिषकी श्रीमती रेनुकुमारीले बल्लतल्ल तीन छोरीसहित गुजारा गर्दै आइरहेकी छन् । विपन्नताको कारण छोरीसमेत पढाइबाट वञ्चित छन् ।

अब भने साउदीमा फाँसीको सजाय सुनाइएका रामआशिषको परिवारले पीडित पक्षसँग मिलापत्र गरेका छन् । पाँचवर्षदेखि जेलमा रहेका उनी घर फर्किने भएका छन् ।

पीडित पक्ष दुर्गाको परिवारले ब्लडमनीवापत् ५० लाख रुपैयाँ लिएर माफी दिन सहमत भएपछि यादवको ज्यान जोगिने निश्चित भएको हो ।

सम्पत्तिको नाममा झन्डै एक कठ्ठा मात्र घरघडेरी रहेको रामआशिषको परिवारलाई ब्लडमनीवापत् ५० लाख रुपैयाँ जुटाउनु असम्भव जस्तै थियो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नै ब्लड मनी संकलन गर्दै मृतकका परिवारसँग मिलापत्र गराउने अभियानको सुरु गरेका थिए । उनकै रोहबरमा दुर्गाकी श्रीमती सीतालाई हस्तान्तरण गरिएको छ ।

दुवै पक्षबीच सहमति भएसँगै रामआशिषले मृत्युदण्डबाट छुटकारा पाउने निश्चित भएको प्रजिअ अर्यालले बताए ।

ब्लडमनी पाएपछि रामआशिष र मृतक दुर्गाप्रसादको परिवारबीच भएको सम्झौताको कागजात कन्सुलर विभागमा पुग्नेछ । त्यहाँबाट साउदी पठाइने छ । त्यसपछि अदालतमा पुगेपछि रामआशिषले छुटकारा पाउनेछन् ।

आशा मारिसकेका पतिलाई रुपन्देहीका प्रजिअ र व्यवसायीले जीवनदान दिन पहल गरेको भन्दै रामआशिषकी श्रीमती रेनुकाले पनि खुसीका आँसु झारिन् ।

उनले प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई भनिन्, ‘‘मेरो श्रीमान् फाँसीको सजायबाट उम्कन सक्ने थिएनन् । हाम्रो परिवारको लागि सिडिओ साब भगवान् हो ।’’

सबै प्रक्रिया छिटो भएमा करिब एक महिनापछि रामआशिष घर फर्किनेछन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारीको सकृयतामा करिब ३० जना उद्योगी ब्यावसायीको सहयोगमा रकम संकलन गरेको सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved