राजीनामा दिएर हिडेकी राप्रपा नेतृ रावल फेरि पार्टीमै फर्किइन्

नेपालभ्युज

राजीनामा दिएर हिडेकी राप्रपा नेतृ रावल फेरि पार्टीमै फर्किइन्

काठमाडौं । राप्रपाबाट बाहिरिएको घोषणा गरेकी नेतृ अन्जना शाह रावल फेरि पार्टीमै फर्किने भएकी छन् ।

शीर्ष नेताहरूले राजीनामा फिर्ता लिन आग्रह गरेको भन्दै रावलले राजीनामा फिर्ता लिएको जनाएकी हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले आफू पार्टी जिम्मेवारीमा फर्किएको उल्लेख गरेकी छन् ।

उनले लेखेकी छन् ‘म लगायत मेरो परिवार सम्पूर्ण साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका थियौँ। तर पूर्वअध्यक्ष पशुपति शमशेर जबरा र डा प्रकाशचन्द्र लोहनीलगायतको आग्रहमा पार्टीमा फर्किन लागेकी छु ।’

उनले सक्रिय भएर पार्टीगत काममा लाग्ने प्रतिबद्धता समेत जनाएकी छन् ।

पार्टीभित्र असहयोग र तिब्र गुट भएको भन्दै रावलले राजीनामा दिएकी थिइन् । उनी राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको महाधिवेशनबाट अध्यक्ष पदमा सर्वसम्मत चयन भएकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved