नौबिसे – मलेखुखण्ड आजदेखि १५ दिन रातिको समय बन्द हुने

नेपालभ्युज

नौबिसे – मलेखुखण्ड आजदेखि १५ दिन रातिको समय बन्द हुने
फाइल तस्वीर

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे–मलेखु सडकखण्ड आजदेखि १५ दिनसम्म रातिको समयमा बन्द हुने भएको छ ।

नागढुंगा–मुग्लिङ सडक आयोजनाले साउन ९ गतेसम्म राति १० देखि बिहान ३ बजेसम्म बन्द हुने जनाएको हो । सो खण्डमा पर्ने गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरे खोलाका पुल बनाउनु पर्ने भएकाले सडक बन्द गर्नुपरेको आयोजनाले जनाएको छ ।

दिउँसोको समयमा गाडीको चाप बढी हुने भएकाले रातिको समयमा ५ घण्टा सवारी आवागमन बन्द गरेर काम गर्न लागिएको हो ।

अत्यावश्यक सेवाका एम्बुलेन्स, सुरक्षा निकाय, दमकल लगायतका सवारी साधनलाई रोक नलगाइने जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

सो समयमा वैकल्पिक राजमार्गका रुपमा गल्छी–बिदुर–छहरे–टोखा सडक प्रयोग गर्न सकिने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved