अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा, मेस्सीको पहिलो गोल

नेपालभ्युज

अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा, मेस्सीको पहिलो गोल

काठमाडौं । साविक विजेता अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा पुगेको छ ।

बिहान भएको सेमिफाइनलमा क्यानडालाई २–० गोलले हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको हो ।

अर्जेन्टिनाको जितमा जुलियान अल्भारेज र लियोनेल मेस्सीले गोल गरे । अल्भारेजले २२ र मेस्सीले ५१ औँ मिनेटमा गोल गरेका थिए । मेस्सी पाचौँपटक कोपा अमेरिकाको फाइनल पुगेका हुन् ।

बिहानको एक गोलसँगै मेस्सीको अन्तर्राष्ट्रिय गोल संख्या एक सय ९ पुगेको छ । जारी कोपा अमेरिकामा मेस्सीले पहिलो गोल गरेका हुन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved