ताप्लेजुङमा मध्यराति भूकम्पको धक्का, आसपासका जिल्लामा पनि कम्पन महसुस

नेपालभ्युज

ताप्लेजुङमा मध्यराति भूकम्पको धक्का, आसपासका जिल्लामा पनि कम्पन महसुस

काठमाडौं । ताप्लेजुङको तापेथोक आसपास केन्द्रबिन्दु बनाएर गएराति भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति १ बजेर ४६ मिनेटमा ४.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का ताप्लेजुङ र आसपासका जिल्लामा समेत महसुस गरिएको थियो । भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भएको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved