स्पेनसँग पराजित हुँदै फ्रान्स युरोकपबाट बाहिरियो

नेपालभ्युज

स्पेनसँग पराजित हुँदै फ्रान्स युरोकपबाट बाहिरियो

काठमाडौं । स्पेनसँग पराजित हुँदै फ्रान्स युरो कप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ ।

बुधबार बिहान भएको सेमिफाइनल खेलमा फ्रान्स स्पेनसँग २–१ ले पराजित भएको हो । यो सँगै स्पेनले भने फाइनल भिडन्त पक्का गरेको छ ।

खेलको ९ औँ मिनेटमा फ्रान्सले अग्रता बनाए पनि त्यसलाई जोगाउन नसक्दा घर फर्किनु पर्यो ।

स्पेनले २१औँ मिनेटमा पहिलो गोल फर्काएको थियो । २५ औं मिनेटमा अर्को गोल गर्दै फाइनलमा स्थान सुरक्षित गर्न सफल भयो ।

स्पेनले अब इङ्ल्यान्ड र नेदरल्यान्ड्सबीचको विजेतासँग सोमबार बिहान उपाधिका लागि खेल्ने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved