फोहोरका कारण फैलिने रोग

नेपालभ्युज

फोहोरका कारण फैलिने रोग

एजेन्सी । स्वस्थ रहन तपाईंले आफूसँगै आफ्नो वरिपरिको वातावरण पनि सफा राख्नुपर्ने हुन्छ । फोहोरको कारण कयौं रोग लाग्न सक्छ ।

विशेषगरी वर्षात्‌को मौसममा घर, कोठा तथा आँंगन सफा राख्नु पर्छ । फोहोरका कारण हुने रोग बारे जानौं-

डेंगु

यो लामखुट्टेका माध्यमबाट लाग्ने रोग हो । यो फैलाउने लामखुट्टे जमेको पानीमा हुर्कन्छ । त्यसैले आफ्नो वरपर पानी जम्न नदिइ सरसफाई गरेमा डेंगुबाट बच्न सकिन्छ ।

डेंगु भएको अवस्थामा ज्वरो आउने, टाउको र मांसपेशीमा दुखाई तथा वान्ता हुने समस्या देखिन सक्छ ।

टाइफाइड

यो रोग दूषित भोजन वा दूषित पानीका कारण फैलने गर्छ । यसमा रोगीलाई ज्वरो आउने, टाउको वा पेट दुख्ने, थकान तथा कमजोरी, वान्ता जस्ता लक्षण देखिन्छन् ।

मलेरिया

वरिपरि फैलिएको फोहोरमा कयौं प्रकारका लामखुट्टे तथा किटाणु पैदा हुन सक्छन् । मलेरिया लामखुट्टेका कारण फैलिन्छ । जसबाट बच्न वरिपरि सरसफाइमा ध्यान दिनु पर्दछ ।

छालाको समस्या

फोहोरको सम्पर्कमा आउँदा कतिपयलाई छालासँग जोडिएका समस्या हुन्छ । फोहोरको सम्पर्कमा आउँदा छाला चिलाउने, पोल्ने दाना आउने तथा रातो हुने जस्ता समस्या हुन्छ ।

भाइरल संक्रमण

भाइरल संक्रमणबाट बच्न तपाईंले आफू लगायत वरिपरिको वातावरण सफा राख्नुपर्ने हुन्छ । यो रोग संक्रमित किराले टोक्दा वा दूषित भोजन वा पानीको सेवनले फैलन सक्छ ।

स्वासप्रस्वासको समस्या

वरिपरिको धुलोधुवाँ वा फोहोरले स्वासप्रस्वासको समस्या पनि हुने गर्छ । स्वास फेर्दा वातावरणमा रहेका धुलो तथा किटाणु शरीरमा प्रवेश गर्छन्, जसले गर्दा यस्तो समस्या देखिने गर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved