नयाँ सत्ता समीकरणबारे दोहोरी खेल्नुको अर्थ छैन : मन्त्री बस्नेत

नेपालभ्युज

नयाँ सत्ता समीकरणबारे दोहोरी खेल्नुको अर्थ छैन : मन्त्री बस्नेत

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले नयाँ सत्ता समीकरणको बारेमा दोहोरी खेल्नुको अर्थ नरहेको बताएका छन् ।

मंगलबार संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नयाँ समीकरणको कुरा आइरहेको भएपनि यसलाई धोका, प्रतिधोकाको अर्थमा दोहोरी गर्नुको धेरै अर्थ नभएको बताए ।

नयाँ गठबन्धन निर्माणको आधार संविधानको तोडफोड गर्नु रहेको उनको आरोप छ । साथै, उनले संविधानको रक्षा गर्ने, मुलुकलाई जोड्ने कुरामा आफूहरु लागेको बताए ।

मुलुकका दुई ठूला दल संविधानलाई दोष देखाएर जनताको अधिकार सिमित गर्ने प्रयासमा लागेको बस्नेतले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved