काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले एमाले–माओवादी केन्द्रको समिकरण भत्किनुका कारणबारे एमाले अध्यक्ष केपी शर्मा ओलीसँग जवाफ माग गरेका छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीकै प्रस्तावमा एमाले–माओवादी केन्द्रको समिकरण बनेको भएपनि बिना कारण समिकरण भत्काइएको बताएका हुन् ।
समिकरण सुरू गर्नुको उद्देश्य र भत्काउनुको कारणका बारेमा ओलीले प्रष्ट पार्नुपर्ने उनको भनाइ छ ।
साथै, उनले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको कार्यभार पूरा गरिरहेको अवस्थामा समिकरण तोड्नुको कारण के हो भनि प्रश्न गरे ।
र, धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति नर्गनाले वा बेचन झा र प्रतिक थापालाई पक्राउ गर्नाले समिकरण भत्काएको हो भनेर उनले प्रश्न गरे ।
Facebook Comment
Comment