काठमाडौं । रूसी सेनामा कार्यरत भारतीय नागरिकलाई छाड्न राष्ट्रपति भ्लादिमिर पुटिन सहमत भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतीय समाचार संस्था एनडीटीभीका अनुसार रूस भ्रमणमा रहेका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार राष्ट्रपति भ्लादिमिर पुटिनसँग यो मुद्दा उठाएको र यसपछि रूसी सेनामा रहेका भारतीय सेना फिर्ता गर्ने सहमति भएको छ ।
साथै, उनीहरूलाई फिर्ता गर्न सहजीकरण समेत गरिदिने सहमत भएको बताइएको छ ।
गत महिना युद्धमा दुई भारतीयको मृत्यु भएको थियो । यसपछि भारतले रूससँग त्यहाँ सेनामा भर्ती भएका भारतीयहरूलाई फिर्ता पठाउन माग गरेको थियो ।
प्रधानमन्त्री मोदी सोमबार साँझ मस्को पुगेका थिए । यो युक्रेनविरूद्ध युद्ध सुरू गरेपछि मोदीको पहिलो रूस भ्रमण हो ।
प्रधानमन्त्रीले आज पुटिनसँग द्विपक्षीय वार्ता गर्नुका साथै मस्कोमा हुने २२औं भारत–रूस शिखर सम्मेलनमा पनि सहभागी हुनेछन् ।
Facebook Comment
Comment