पहिरो खसेपछि कोशी राजमार्ग अवरुद्ध, पहाडी जिल्लाको सम्पर्क टुट्यो

नेपालभ्युज

पहिरो खसेपछि कोशी राजमार्ग अवरुद्ध, पहाडी जिल्लाको सम्पर्क टुट्यो

काठमाडौं । ठाउँठाउँमा पहिरो खसेपछि कोशी राजमार्ग अवरुद्ध भएको छ ।

कोशी राजमार्गअन्तर्गत पर्ने धनकुटाको साँगुरीगढी गाउँपालिका ६ फेदी र घण्टेमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।

माटोको लेदोसहित खोलामा आएको बाढीले सडक पुरिएपछि मंगलबार बिहानदेखि कोशी राजमार्गमा सवारी आवातजावत बन्द भएको छ ।

सडक खुलाउने प्रयास भइरहे पनि बाढीका कारण समस्या भएको छ ।

राजमार्ग अवरुद्ध भएपछि कोशी पहाडका धनकुटासहित भोजपुर, संखुवासभा, तेह्रथुम जाने सयौँ सवारीसाधन बीच बाटोमै रोकिएका छन् ।

कोशी राजमार्गका एक दर्जनभन्दा बढी स्थानमा पहिरो खसेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved