कोपा अमेरिका फुटबलको फाइनल प्रवेशका लागि अर्जेन्टिना र क्यानडा भिड्दै

नेपालभ्युज

कोपा अमेरिका फुटबलको फाइनल प्रवेशका लागि अर्जेन्टिना र क्यानडा भिड्दै

काठमाडौं । कोपा अमेरिका फुटबलको फाइनल प्रवेशका लागि अर्जेन्टिना र क्यानडा भिड्दै छन् ।

नेपाली समय अनुसार भोलि बिहान हुने पहिलो सेमिफाइनलमा विश्व च्याम्पियन अर्जेन्टिनालाई रोक्दै क्यानडा पहिलो पटक फाइनलमा पुग्ने योजनामा छ ।

पहिलो पटक कोपा अमेरिका खेलेको क्यानडा भेनेजुएलालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । विश्वकपको च्याम्पियन अर्जेन्टिना पनि पेनाल्टीमा इक्वेडरलाई हराउँदै अन्तिम चारमा पुगेको हो ।

यी दुई टोलीको विजेताले उपाधिका लागि उरुग्वे र कोलम्बियाको विजेतासँग आगामी सोमबार बिहान खेल्नेछ । उरुग्वे र कोलम्बियाबीचको खेल बिहीबार हुनेछ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved