मनसुनजन्य विपदबाट मृत्यु हुनेको संख्या ७४ पुग्यो, ८८ जना घाइते

नेपालभ्युज

मनसुनजन्य विपदबाट मृत्यु हुनेको संख्या ७४ पुग्यो, ८८ जना घाइते
सांकेतिक स्केच

काठमाडौं । नेपालमा मनसुन सुरु भए यता विपदमा परेर ७४ जनाको मृत्यु भएको छ ।

विभिन्न स्थानमा आएको बाढी, पहिरो, डुबानलगायत विपदमा परी ७४ जनाको मृत्यु भएको छ भने ८८ जना घाइते भएका छन् ।

विपद्जन्य घटनामा गरी काठमाडौँ उपत्यकामा एक, कोशी प्रदेशमा १८, मधेश प्रदेशमा तीन, बागमती प्रदेशमा चार, गण्डकी प्रदेशमा २२, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा चार गरी ७४ जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी दानबहादुर कार्कीले जानकारी दिए ।

यस्तै विपद्मा परेका ५३ जनाको उद्दार गरिएको छ ।

कोशी प्रदेशमा ४१ र गण्डकीमा १२ गरी ५३ जनाको उद्धार गरिएको हो ।

बाढी पहिरोमा परी कोशी प्रदेशमा दुई, बागमतीमा दुई र सुदूरपश्चिममा एक गरी पाँचजना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

बाढीका कारण सयौं घर डुबानमा परेका छन् । यस अवधिमा विपद्का घटनाबाट दुई हजार दुई सय ९६ परिवार विस्थापित भएका छन् ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved