युरो कपको फाइनल प्रवेशका लागि आज स्पेन र फ्रान्स भिड्दै

नेपालभ्युज

युरो कपको फाइनल प्रवेशका लागि आज स्पेन र फ्रान्स भिड्दै

काठमाडौं । जर्मनीमा जारी युरो कपको पहिलो सेमिफाइनलमा आज राति स्पेन र फ्रान्स भिड्दै छन् ।

खेल नेपाली समय अनुसार राति पौने १ बजे हुनेछ ।

जारी प्रतियोगितामा स्पेन सबैभन्दा बढी गोल गर्ने टिम हो । स्पेनले जारी प्रतियोगितामा ५ खेल जित्दा ११ गोल गरेको छ भने दुई गोल मात्र खाएको छ ।

फ्रान्सले भने सेमिफाइनल पुग्ने क्रममा अपेक्षाकृत प्रदर्शन गर्न सकेको छैन ।

स्पेन चौथो पटक र फ्रान्स तेस्रो पटक युरो च्याम्पियन बन्ने होडमा छन् ।
फ्रान्स र स्पेनबिच अहिलेसम्म ३६ पटक भिडन्त भएको छ ।

जसमध्ये स्पेनले १६ र फ्रान्सले १३ खेल जितेका छन् । स्पेन र फ्रान्सबिचको विजेताले दोस्रो सेमिफाइनल खेल्ने इङ्ल्याण्ड र नेदरल्याण्ड्सको विजेतासँग उपाधिका लागि भिड्ने छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved