कञ्चनपरमा दोदा नदीले बगाउँदा तीन किशोरी बेपत्ता

नेपालभ्युज

कञ्चनपरमा दोदा नदीले बगाउँदा तीन किशोरी बेपत्ता
फाइल फोटो

धनगढी । कञ्चनपरमा दोदा नदीले बगाउँदा तीन किशोरी बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा पुनर्वास नगरपालिका-५ का लक्ष्मी बोगटी, सृजना बोगटी र आरती बोगटी रहेको प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख डीआईजी रवीन्द्र केसीले जानकारी दिए ।

सोमबार नदीको भँगालोमा फसेका उनीहरु बेपत्ता भएका हुन् ।

उनीहरुसँगै गएकी १२ वर्षिया अञ्जली बोगटी भने भँगालोबाट बचेकी थिइन् । अञ्जलीले जानकारी दिएपछि घटना खुलेको हो ।

अहिले बेपत्ता किशोरीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved