कांग्रेस–एमालेलाई मनिष झाको सुझाव – एकअर्कालाई विश्वास गर्नुस्

नेपालभ्युज

कांग्रेस–एमालेलाई मनिष झाको सुझाव – एकअर्कालाई विश्वास गर्नुस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नेपाली कांग्रेस र नेकपा(एमाले)का नेताहरूलाई एक अर्कालाई विश्वास गर्न सुझाव दिएका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद झाले प्रधानमन्त्रीको राजीनामा माग गरेर कांग्रेस–एमालेले संसदीय प्रणाली र संविधानमाथि नै अविश्वास गरेको बताए ।

प्रधानमन्त्रीले विश्वासको मत लिने समय प्रशस्त बाँकी छँदै २८ गते नै विश्वासको मत लिन चाहेको भएपनि कांग्रेस–एमाले डराएको उनको भनाइ छ ।

साथै, उनले विश्वासको मत लिन ४ दिन बाँकी रहेको उल्लेख गर्दै ४ दिनमा अर्को पल्टुराम जन्मेला भनेर नडराउन पनि आग्रह गरे ।

व्यापारीको घरमा गएर देशको भविष्यको खाका कोर्नेहरूका पार्टीका सांसदले आफूहरूलाई नैतिकताको प्रश्न सोध्न नसुहाउने झा बताउँछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved