खोलाले बगाउँदा सुर्खेतमा एक बालिकाको ज्यान गयो

नेपालभ्युज

खोलाले बगाउँदा सुर्खेतमा एक बालिकाको ज्यान गयो
प्रतिकात्मक तस्वीर ।

काठमाडौं । सुर्खेतमा खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ ।

सिम्ता गाउँपालिका वडा नम्बर ९ की ७ वर्षीया बालिका मनीषा बादीको मृत्यु भएको हो ।

सिम्ता खोलामा आएको खहरेले बगाउदा बालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

आमासँगै रहेकी मनीषालाई आइतबार दिउँसो ४ बजेतिर बगाएको थियो ।

उनको शव तामाधारीनजिकै खोला किनारामा भेटिएको प्रहरीले जनाएको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved