काठमाडौं। बत्तिसपुतलीमा रहेको शिल्पी थिएटरमा टंक चौलागाईको परिमार्जन तथा निर्देशनमा बनेको नाटक ‘युगको साँचो’ मञ्चन हुने भएको छ। माइकल चेखोभ नेपाल र स्कूल थिएटर नेपालको प्रस्तुती रहेको नाटक, अंग्रेजी नाटक ‘चार्ली एन्ड द चकलेट फ्याक्ट्री’को भावानुवादमा बनाइएको हो।
अत्याधिक सफल ‘मुन नमुना उद्योग’ एक इमान्दार युवालाई हस्तान्तरण गर्नको लागि मुन मिसले कपडामा ‘युगको साँचो’ पठाइन्। युगको साँचो विभिन्न वर्ग, समुदायका युवा तथा बालबालिकाले पाए। युगको साँचो पाउनेहरूले मुन मिसको नमुना उद्योग घुम्न पाउने छन्।यहि सेरोफेरोमा नाटक बुनिएको छ।
नाटकमा कलाकारहरू आकांक्षा कार्की, सेविता अधिकारी, शीला निरौला, रारा ज्योति पोखरेल, उषा भट्ट, प्रतीक दुलाल, पुष्पराज अवस्थी, विजय नेपाल, श्रीधर गौतम, अनु लकान्द्री, अंशिका जोशी, कश्यप ज्ञवाली, अभिनीत चौलागाईले अभिनय गरेका छन्। नाटक यही असार २७ गतेदेखि साउन १९ गतेसम्म मंगलबार बाहेक हरेक साँझ ५:३० बजे र शनिबार दिउँसो १:३० बजे अतिरिक्त शो मञ्चन हुनेछ।
Facebook Comment
Comment