स्टार्मर बने बेलायतको प्रधानमन्त्री, भन्छन्- सरकारलाई विश्वास नगरेसम्म लडिरहन्छु

नेपालभ्युज

स्टार्मर बने बेलायतको प्रधानमन्त्री, भन्छन्- सरकारलाई विश्वास नगरेसम्म लडिरहन्छु

काठमाडौं । कैर स्टार्मर बेलायतको प्रधानमन्त्री बनेका छन् । आमनिर्वाचनमा स्पष्ट जित हासिल गरेको लेबर पार्टीका नेतृत्वकर्ता स्टार्मर बेलायतको ५८औं प्रधानमन्त्री बनेका हुन् ।

स्टार्मरलाई बकिंघम प्यालेसले प्रधानमन्त्री नियुक्त गरेको बीबीसीले जनाएको छ ।

नियुक्तीपछि प्रधानमन्त्रीको निवास १० डाउनिङ स्ट्रिट पुगेका स्टार्मरले सबैको लागि काम गर्ने बताएका छन् । ‘तपाईंले हामीलाई भोट दिनुभएको होस् या नदिनुहोस्, मेरो सरकारले सबैका लागि काम गर्ने छ ।’ उनले भने ।

को हुन् प्रधानमन्त्री स्टार्मर ?

उनले थप भने, ‘नेता र जनताबीचको खाडलले जनताको आशा हराएको छ । देशको मुटुको धड्कन थाक्न थालेको थियो । अब यो रिसेटको समय हो । तर, परिस्थिति बदलिन समय लाग्नेछ ।’

उनले सरकारलाई विश्वास नगरेसम्म लडिरहने बताए ।

स्टार्मरले पूर्वप्रधानमन्त्री ऋषि सुनकलाई धन्यवाद दिएका छन् । ‘म ऋषि सुनकलाई एसियाली मूलको पहिलो प्रधानमन्त्री बन्नु भएकोमा धन्यवाद दिन्छु । यसका लागि उहाँले गरेको अतिरिक्त मेहनतलाई नकार्न चाहन्न । उहाँको मिहिनेतलाई सलाम छ ।’ उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved