म्याड फेस्ट २०२४; उद्घाटन समारोहमा नाटक ‘रेल्वे टु नोवेयर’ मञ्चन (तस्वीरहरु)

म्याड फेस्ट २०२४; उद्घाटन समारोहमा नाटक ‘रेल्वे टु नोवेयर’ मञ्चन (तस्वीरहरु)

काठमाडौं। थापागाउँस्थित मण्डला थिएटरमा शुक्रबारदेखि देखि सुरु भएको नाट्य महोत्सव ‘म्याड फेस्ट- २०२४’ को उद्घाटन समारोहमा नाटक ‘रेल्वे टु नोवेयर’ को मञ्चन गरिएको छ।

रेलवे टु नोवेयर एक विचार-उत्तेजक नाटक हो। एउटा अव्यवस्थित प्रणालीले तल्लो वर्गका नागरिकहरूलाई कसरी भुलभुलैयामा फसाउँछ भनेर नाटकमा देखाउन खोजिएको छ।

दर्शनमा आधारित यो नाटकले व्यक्तिहरू भित्र उत्पन्न हुने अन्तर्निहित द्वन्द्व र त्यो द्वन्द्वले समाजमा पर्ने असर बारे चित्रण गरेको छ। नाटकमा, प्रणालीलाई शासन गर्ने तथाकथित नायकहरूमध्ये महान् नायकको निरन्तर खोजीमा फसेका पात्रहरूको कथा प्रस्तुत गरिएको छ।

संयोग गुरागाईँको लेखन तथा निर्देशनमा तयार भएको नाटकमा उमेश सुनाम, आरजु खरेल, सिरपा मानन्धर, सुमित्रा पेहिम, आभास भट्टराई, भुवन लोहार भूपे, समिशन जी.सी र सागर खाती कामीले अभिनय गरेका छन्।

तस्वीरहरु:-

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved