काठमाडौं । नेकपा एकीकृत समाजवादी नेकपा (एस)को महाधिवेशनबाट ९३ सदस्यीय केन्द्रीय सदस्य घोषणा गर्दा प्रेम आले अटाएनन् ।
पार्टी फुटेपछि पूर्व दल एमालेका अध्यक्ष केपी शर्मा ओलीको कटु आलोचक र आफ्नो दल नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको प्रशंसक उनी अहिले पदमा निरन्तर रहेनन् ।
डोटीबाट प्रत्यक्ष निर्वाचित सांसद रहेका आले पार्टीको १० औँ महाधिवेशनमा सहभागी भएनन् । नेकपा एसको महाधिवेशनमा नआएपछि केन्द्रीय कमिटीबाट हटाइएको बताइएको छ ।
पछिल्लो समय उनी नेतृत्वप्रति रुष्ट थिए । पार्टी नेतृत्वसँग असन्तुष्ट रहेका आलेलाई केन्द्रीय सदस्यमा नराखिएको हो ।
महाधिवेशनबाट अध्यक्ष, सम्मानित नेता र महासचिवबाहेक अरू पदाधिकारी पनि चयन भएको छैन । बाँकी पदाधिकारी १० दिनभित्र टुङ्ग्याउने तयारी छ । अहिले नेकपा एसको केन्द्रीय कमिटी ९३ जनाको नाम घोषणा गरे पनि २९९ सदस्यीय कमिटी बनाइनेछ ।
Facebook Comment
Comment