कृषिलाई कर नीतिमार्फत् संरक्षण गर्ने नीति लिएका छौं : अर्थमन्त्री पुन

नेपालभ्युज

कृषिलाई कर नीतिमार्फत् संरक्षण गर्ने नीति लिएका छौं : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सरकारले कृषिलाई कर नीतिमार्फत् संरक्षण गर्ने नीति लिएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । आगामी वर्षको बजेटमार्फत् आफ्नो कृषि उत्पादनलाई नीतिगत रूपमा संरक्षण गर्ने, कर नीतिमार्फत संरक्षण गर्ने नीति लिइएको पुनले जानकारी दिए ।

उनले सरकारले लिएको नीतिले कृषिको आधुनिकीकरण, व्यवसायीकरणमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

साथै, सरकारले २०८१/२०९१ लाई कृषि दशक घोषणा गरेको उल्लेख गर्दै राजनीतिक नेतृत्व र मन्त्रीहरू फेरिएपनि नीति नफेरिने उनले प्रतिबद्धता जनाए ।

चालु आर्थिक वर्षमा कृषि उत्पादनहरूमा भ्याट लगाइएको भएपनि सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा कृषिलाई संरक्षण गर्न भ्याट हटाएको पुनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved