काठमाडौं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले भोलि विश्वासको मत लिने तयारी गरेका छन् ।
सरकार गठन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री सिंहले प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन् ।
मधेश प्रदेश सभामा चौथो ठूलो दलका रूपमा रहेको जनमत पार्टीका सिंहको नेतृत्वमा गत जेठ २५ गते सरकार गठन भएको थियो ।
१०७ सदस्य रहेको मधेश प्रदेशसभामा नेकपा एमालेका २५, नेपाली कांग्रेसका २२, जनमत पार्टीका १३, जनता समाजवादी पार्टीका १९, लोसपाका ९, माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका सात प्रदेशसभा सदस्य छन् ।
साथै राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक–एक सदस्य छन् ।
संघमा बनेको नयाँ सत्ता गठबन्धन कांग्रेस–एमालेले सिंहलाई विश्वासको मत दिने अनुमान गरिएको छ । जनमतले नयाँ गठबन्धनले सिंहलाई मत विश्वास लिएको छ ।
Facebook Comment
Comment