उपसभामुख राना र चीनका विदेश मन्त्री वाङ्बीच भेटवार्ता, एक चीन नीतिमा प्रतिबद्ध रहेको उल्लेख

नेपालभ्युज

उपसभामुख राना र चीनका विदेश मन्त्री वाङ्बीच भेटवार्ता, एक चीन नीतिमा प्रतिबद्ध रहेको उल्लेख

काठमाडौं । उपसभामुख इन्दिरा राना र चीनका विदेश मन्त्री वाङ यीबीच भेटवार्ता भएको छ ।

तिब्बतमा आयोजित चौथो चाइना सिजाङ ट्रान्स हिमालयन फोरममा सहभागी हुन तिब्बत पुगेकी उपसभामुख राना र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा उपसभामुख रानाले नेपाल सधैँ ‘एक चीन नीति’को बलियो समर्थक रहेको उल्लेख गरिन् ।

उपसभामुख रानाले नेपाली भूमिको दुरुपयोग गरी चीनविरुद्धको कुनै पनि गतिविधि हुन नदिने नीति र प्रतिबद्धतामा नेपाल दृढ रहेको बताइन् ।

“नेपाल चीनको घनिष्ठ मित्र, विकास साझेदार र असल छिमेकी हो। यसरी हामी चीनसँगको सम्बन्धलाई उच्च महत्व र प्राथमिकता दिन्छौँ ”, उनले भनिन्, “नेपाल सधैँ ‘एक चीन नीति’को बलियो समर्थक रहँदै आएको छ र भविष्यमा पनि यसमा प्रतिबद्ध रहनेछ ।

नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रताप्रति चीनले गरेको निःसर्त सम्मानको नेपालले सधैँ कदर गर्ने पनि उपसभामुख रानाले बताइन् ।

भेटका क्रममा उनले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न गम्भीरताका साथ काम गरिरहेको चर्चा गर्दै सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन संशोधन गर्ने प्रक्रिया संसद्बाट छिट्टै पूरा हुनेमा आशावादी रहेको उल्लेख गरेकी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved