अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा

नेपालभ्युज

अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा

काठमाडौं । अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पेनाल्टी सुटआउटमा इक्वेडरलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम चारमा पुगेको हो ।

बिहान भएको क्वाटरफाइनलमा अर्जेन्टिनाले टाइब्रेकरमा इक्वेडरलाई ४–२ गोल अन्तरले हरायो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो ।

टाइब्रेकरमा अर्जेन्टिनाका एलक्सिस म्याक एलिस्टर, गोन्जालो मन्टियल, निकोलस ओटामेन्डी र जुलियान अल्भारेजले गोल गरेका थिए ।

मेस्सीको प्रहार भने क्रस बारमा लागेको थियो । अर्जेन्टिना कोपा अमेरिकाको साविक विजेता हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved