एकीकृत समाजवादीमा भएन नयाँ, पुन: अध्यक्ष माधव-महासचिव घनश्याम

झलनाथ पुन: सम्मानित नेता

नेपालभ्युज

एकीकृत समाजवादीमा भएन नयाँ, पुन: अध्यक्ष माधव-महासचिव घनश्याम

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) अध्यक्षमा माधवकुमार नेपाल सर्वससम्मत भएका छन् ।

लामो समयको छलफलपछि नेपाल पुन: अध्यक्ष दोहोरिएका हुन् ।

यस्तै महासचिवमा घनश्याम भुसाल नै दोहोरिएका छन् । अध्यक्षमा दाबेदारी प्रस्तुत गरेका भुसालले अन्तत: महासचिवमै चित्त बुझाए ।

यस्तै सम्मानित नेताको स्थान यसअघिझैँ झलनाथ खनालले लिएका छन् ।

सुरुमा यी तीनै नेता अध्यक्षका आकाङ्क्षी थिए तर, महाधिवेशन सुरु भएसँगै झलनाथ त्यो ‘क्यू’बाट बाहिरिए । तर, माधव र घनश्यामले भने जोड गरिरहेका थिए । तर, अन्तत: माधव नै भए ।

यसबाहेक वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, सचिवलगायतका पद सचिवालय बैठकले टुङ्ग्याउने नेताहरूले बताएका छन् ।

एकीकृत समाजवादीले २१ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति चयन गर्दैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved