मुकुलको समीक्षा प्रतिवेदन- पार्टीभित्र फोटो खिचेर ठूलो मान्छे भइन्छ भन्ने प्रवृत्ति देखियो (पूर्णपाठ)

ढकालले पार्टीकै निर्देशनमा जेठ ६ गतेदेखि असार ७ गतेसम्म विभिन्न ३८ जिल्ला पुगेर झन्डै ३ हजारभन्दा धेरै नेता/कार्यकर्ता र जनतासँग संवाद गरेर समीक्षा प्रतिवेदन तयार पारेका हुन् ।

नेपालभ्युज

मुकुलको समीक्षा प्रतिवेदन- पार्टीभित्र फोटो खिचेर ठूलो मान्छे भइन्छ भन्ने प्रवृत्ति देखियो (पूर्णपाठ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बित महामन्त्री डा. मुकुल ढकालको समीक्षा प्रतिवदेन सार्वजनिक गरेको छ ।

बिहीबार बिहान ढकाललाई निलम्बन गरेको रास्वपाले दिउँसो उनको प्रतिवेदन सार्वजनिक गरेको हो ।

ढकालले ३२ पन्ने आफ्नो प्रतिवदेनमा पार्टीमा फोटो खिचेर ठूलो मान्छे भइन्छ भन्ने प्रवृत्ति देखिएको उल्लेख गरेका छन् ।

यस्तै पार्टीभित्र निषेधको राजनीति मौलाएको उल्लेख गरेका छन् । “पार्टीभित्र निषेधको राजनीति मौलाउँदै गयो,” ढकालले प्रतिवदेनमा भनेका छन्, “अरुलाई मात्रै गाली गर्ने तर, आफूले चाहिँ भिजन र प्लान देखाउन नसकिने भइयो ।”

ढकालले पार्टीमा कामभन्दा आसन र भाषण भएको निष्कर्ष निकालेका छन् । त्यस्तै पार्टी शुद्धीकरणको आवश्यकता औँल्याएका छन् ।

ढकालले पार्टीकै निर्देशनमा जेठ ६ गतेदेखि असार ७ गतेसम्म विभिन्न ३८ जिल्ला पुगेर झन्डै ३ हजारभन्दा धेरै नेता/कार्यकर्ता र जनतासँग संवाद गरेर समीक्षा प्रतिवेदन तयार पारेका हुन् ।

उनले प्रतिवेदनमा सबै नेता/कार्यकर्ता र जनताकै कुरा रहेको बताएका छन् ।

हेर्नुहोस् प्रतिवेदनको पूर्णपाठ-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved