तीन करोडको घर र ५० लाख लिएर छुटेकी राजेशपायलकी पूर्वपत्नीलाई मध्यरातमा ‘बुढा’को याद आएपछि

नेपालभ्युज

तीन करोडको घर र ५० लाख लिएर छुटेकी राजेशपायलकी पूर्वपत्नीलाई मध्यरातमा ‘बुढा’को याद आएपछि

काठमाडौं । गायक राजेश पायल राई र उनी पत्नी साङबुङले गत चैत १५ गते कानूनीरुपमा सम्बन्ध विच्छेद गरेका थिए । आआफ्नो बाटो लागिसके पनि साङबुङले भने अझै पनि पूर्वपतीलाई आफ्नो मनबाट भने निकाल्न सकिरहेकी छैनन् ।

अचेल साङबुङले मध्यरातमा विभिन्न पोस्ट गरिरहेकी छिन्, जसले उनले कानुनी रुपमा राजेशलाई गुमाए पनि मानसिक रुपमा अझै भुल्न सकेकी छैनन् ।

यसैको प्रमाण हो, जुन उनले अहिलेसम्म डिलिट गरेकी छैनन् । उनले २ दिनअघि ‘मेरो पनि त मनै हो कति धेरै माया छ, तिम्रो पनि त मनै हो किन निस्ठुरी रहेछ’ बोलको गीतमा एउटा भिडिओ बनाएर पोस्ट गरेकी थिइन् । उक्त भिडिओमा उनले ‘मिस यु’ लेखेर रोएको इमोजी राखेकी छन् ।

यो पोस्टमा उनले कसलाई मिस यु भनेको हो भन्ने खुल्दैन । कमेन्टमा एकजनाले सोधेका छन्, ‘कसलाई हो ?’ जवाफमा साङबुङले लभ इमोजीसहित लेखेकी छन्, ‘बुढालाई ।’

साङबुङले ‘बुढा’ भनेर राजेशपायललाई नै ईंगित गरेको बुझ्न सकिन्छ । पोस्टभन्दा केही घण्टा अगाडि पनि साङबुङले ‘मिस यु’ भन्दै भिडिओ स्टोरी हालेकी थिइन् । अहिले ती भिडिओ सबै डिलिट गरिसकेकी छिन् ।

केही दिनअगाडि साङबुङ र राजेशपायलले छोरा सायरेमको जन्मदिन सँगै मनाएको भिडिओ सार्वजनिक भएको थियो । साङबुङले टिकटकमा भिडिओमा पूर्वपति राजेश पायलको गीत राखेर भिडिओ बनाइरहेकी देखिन्छन् ।

२०७८ साल असोज महिनामा यी दुईबीच विवाह दर्ता भएको थियो । आफ्नो वैवाहिक जीवन गोप्य राखिरहेका राजेशपायलले पत्नी साङबुङसँग औपचारिक सम्बन्धविच्छेद गरेका थिए । सम्बन्ध तोड्न साङबुङले उच्च माग राखेकी थिइन् ।

अन्ततः राजेशपायलले उनको मागहरू पूरा गरिदिएका थिए ।
सअनुसार नक्सालमा रहेको राजेशपायलको घर साङबुङले पाएकी छन् । यस्तै राजेशपायलले नगद ५० लाख रूपैयाँ पनि दिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved