रास्वपाका मन्त्रीले तत्काल राजीनामा नदिने, प्रधानमन्त्रीलाई विश्वासको मत लिन सघाउने

नेपालभ्युज

रास्वपाका मन्त्रीले तत्काल राजीनामा नदिने, प्रधानमन्त्रीलाई विश्वासको मत लिन सघाउने

काठमाडौं । सामूहिक राजीनामा बुझाउन बालुवाटार गएका रास्वपाका मन्त्रीहरु त्यसै फर्किएका छन् ।

राजीनामा पत्र बोकेर बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरु राजीनामा नबुझाई फर्किएका हुन् ।

एक घण्टा बढी छलफल गरेका उनीहरुलाई प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिन प्रयास गर्ने बताएपछि रास्वपाका मन्त्रीहरु राजीनामा नबुझाइ फर्किएको बालुवाटार स्रोतले जनाएको छ ।

उनीहरु राजीनामा दिने तयारीका साथ प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्री प्रचण्डसँगको छलफल पछि उनीहरू राजीनामा नदिएर फर्किएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले आफूले संसदबाट विश्वासको मत लिने र सहयोग गर्न भनेपछि राजीनामा नदिएको रास्वपा प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved