बेलायतमा आज आम निर्वाचन हुँदै, विपक्षी लेबर पार्टी सत्तामा फर्किने आँकलन

नेपालभ्युज

बेलायतमा आज आम निर्वाचन हुँदै, विपक्षी लेबर पार्टी सत्तामा फर्किने आँकलन

काठमाडौं । संयुक्त अधिराज्य बेलायतमा आज आम निर्वाचन हुँदै छ ।

निर्वाचनमा मुख्यरुपमा प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टी र विपक्षी लेबर पार्टीबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । निर्वाचनअघि गरिएको सर्वेक्षणमा लेबर पार्टीले बहुमत ल्याउने आँकलन गरिएको छ ।

मतदान बिहान ७ बजेदेखि राति १० बजेसम्म हुनेछ ।

बेलायत, उत्तरी आयरल्याण्ड, स्कटल्याण्ड र वेल्स लगायत युनाइटेड किङ्डमका सबै भागहरूमा एकै पटक निर्वाचन हुन लागेको हो ।

१८ वर्ष भन्दा माथिका नागरिकले सांसद चयन गर्न मतदान गर्न लागेका हुन् । निर्वाचनले ६५० सांसद चयन गर्ने छ । निर्वाचित सांसदको कार्यकाल ५ वर्षको हुनेछ ।

यसपटक प्रमुख विपक्षी नेता केयर स्टारमरको लेबर पार्टीले जित्ने आँकलन गरिएको छ ।

सर्वेक्षण अनुसारको परिणाम आए बेलायतमा १४ वर्षपछि पहिलो पटक लेबर पार्टी नेतृत्वमा फर्किनेछ ।

बेलायतमा विगत १४ वर्षदेखि कन्जरभेटिभले शासन गर्दै आएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved