रास्वपाका महामन्त्री ढकाल निलम्बित, कार्यवाहकको जिम्मा बुर्लाकोटीलाई

नेपालभ्युज

रास्वपाका महामन्त्री ढकाल निलम्बित, कार्यवाहकको जिम्मा बुर्लाकोटीलाई

काठमाडौं । राष्ट्रिय स्वतन्त्रपार्टीले कार्यवाहक महामन्त्रीको जिम्मा सहमहामन्त्री कबीन्द्र बुर्लाकोटीलाई दिएको छ ।

महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्दै पार्टीले बुर्लाकोटीलाई कार्यवाहकको जिम्मेवारी सुम्पिएको हो ।

हिजो अबेरसम्म बसेको पार्टीको केन्द्रीय समितिको बैठकले अनुशासन र विधिको पालना नगरेको भन्दै ढकाललाई ७ दिन निलम्बन गर्ने निर्णय गरेको हो ।

केन्द्रीय समितिले ढकालका विषयमा थप छानविन गर्न पार्टीको अनुशासन विभागलाई ७ दिनको समय दिएको छ । विभागले बुझाउने प्रतिवेदनका आधारमा ढकालको भविष्य निर्धारण हुने छ ।

आयोगले उनलाई कारबाही गर्न नपर्ने प्रतिवेदन बुझाए उनी पदमा फर्किन पनि सक्ने उपाध्यक्ष स्वर्णिम वाग्लेले बताए ।

ढकालले सम्हाल्दै आएको प्रवक्ताको जिम्मेवारी मनिष झालाई दिइएको छ ।

पार्टी हित विपरित ढकालले अभिव्यक्ति दिदै आएकाले उनीमाथि अनुशासनको कारबाही हुनुपर्ने केन्द्रीय समितिले ठहर गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved