कोशी र लुम्बिनीमा भारी वर्षा, बाँकी भेगमा भने हल्कादेखि मध्यम वर्षा हुने

नेपालभ्युज

कोशी र लुम्बिनीमा भारी वर्षा, बाँकी भेगमा भने हल्कादेखि मध्यम वर्षा हुने
सांकेतिक तस्वीर

काठमाडौं । अहिले मुलुकभरको मौसम पूर्णतया बदली रहेको छ । अधिकांश स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

कतिपय क्षेत्रमा भने मेघ गर्जन सहितको वर्षा भइरहेको जल तथा मौसम विभागले जनाएको छ ।

कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अधिक वर्षा हुने विभागले जनाएको छ ।

आज राती मुलुकभरको मौसम पूर्णतया बदली रहने छ । अधिकांश स्थानमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

साथै कोशी, गण्डकी , लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

कोशी र लुम्बिनी प्रदेशको वर्षा राती पनि जारी रहने विभागको अनुमान छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २० डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २९ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ ।

काठमाडौंमा पछिल्लो २४ घण्टामा ६ दशमलव ७ मिलिमिटर वर्षा भएको छ यो अवधिमा सबै भन्दा धेरै धनगढीमा १७० दशमलव २ मिलिमिटर वर्षा भएको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved