एजेन्सी । अहिलेको समयमा मानिसहरु बिदाको दिन परिवारसँग रमाइलो गर्न तथा कुनै होटल, रेष्टुरेन्टमा खाना खान जान मन पराउँछन् ।
अस्ट्रेलियाको शहर पर्थमा बितेको शुक्रबार एक जोडी छुट्टी मनाउन रेष्टुरेन्टमा गएका थिए । जहाँ उनीहरुले कार्नबेरी जुस मगाउनु महंगो पर्यो ।
जोडीले आफ्ना दुई छोरीका लागि कार्नबेरी जुस मगाएका थिए तर, वेटरले टेबलमा यस्तो चिज ल्याीर राखिदिए जसलाई पिउने बित्तिकै सबैको होस उड्यो ।
जब जोडी आफैले जुस पिए, त्यसपछि रेष्टुरेन्टमा हंगामा मच्चियो । आत्तिँदै जोडीले होटलका कर्मचारीसँग प्रश्न गरे र अन्तिममा फ्रिजबाट त्यस्तो चीज निस्कियो जसलाई देखेर सबै अचम्ममा परे ।
न्यूओर्क पोस्टको एक रिपोर्टअनुसार पर्थमा बस्ने मार्कस र मिशेल आफ्नी दुई छोरीसँग इटालियन रेष्टुरेन्टमा रातको खाना खान गएका थिए ।
यसक्रममा उनीहरुले आफ्ना दुई छोरीका लागि कार्नबेरी जुस मगाए । केहीबेरपछि टेबलमा जुस आयो । जब त्यो जुस छोरीहरुले पिए उनीहरुले एक घुट्की लिने बित्तिकै थुकिदिए अनि एकदमै तितो भएको बताए ।
पहिला त जोडीले आफ्ना छोरीहरुलाई नै गाली गरे तर, जब उनीहरु आफैले उक्त जुस पिउने कोसिस गरे ।
जुस साँच्चिकै एकदमै विषालु पदार्थ जस्तो तितो थियो ।
त्यसपछि दम्पतीले तुरुन्तै रेष्टुरेन्टका कर्मचारीसँग सोधपुछ गरे यो जुस कहाँबाट ल्याएको हो ? यसमाथि सुरुआतमा कर्मचारीले बहाना बनाए कि हुन सक्छ यो जुस पुरानो भएको होला ।
तर, विवाद बढ्दै गएपछि फ्रिजबाट एउटा बोतल निकाले । बोतल देख्ने बित्तिकै उक्त दम्पत्तीको होसै उड्यो । खासमा उक्त बोतल लामखुट्टे तथा किरा मार्ने औषधlको थियो ।
यसलाई देख्ने बित्तिकै रेष्टुरेन्टमा हल्ला मच्चियो र तुरुन्तै उक्त दम्पत्तीले दुवै छोरीलाई नजिकैको अस्पतालमा भर्ती गराए ।
उक्त पेय पदार्थ पिएपछि बालिकालाई टाउको दुख्ने, पेट पोल्ने र हातखुट्टामा झनझनाहट पैदा हुन थालेको थियो । उपचारपछि भने उनीहरुको अवस्थामा सुधार आयो ।
दम्पत्तीको अरोप छ कि रेस्टुरेन्टका कर्मचारीले कार्नबेरी जुसको सट्टा किरा मार्ने औषधि गिलासमा राखेर दिए जसलाई पिएपछि छोरीहरुको अवस्था खराब भएको थियो ।
यो घटनाको गुनासो स्वास्थ्य विभागमा गरिसकिएको छ । रेस्टुरेन्टले पनि यस घटनाप्रति जाँच सुरु गरेको छ । स्वास्थ्य विभागले रेस्टुरेन्टमा कुनै चिज खानु अगाडि राम्रोसँग सतर्क हुनुपर्ने बताएको छ ।
Facebook Comment
Comment