नागढुंगा-नौबिसे सडकखण्ड आज र भोली अवरुद्ध हुने

नेपालभ्युज

नागढुंगा-नौबिसे सडकखण्ड आज र भोली अवरुद्ध हुने
फाइल फोटो

काठमाडौं । त्रिभुवन राजपथअन्तर्गत नागढुंगा-नौबिसे सडकखण्ड आज र भोली अवरुद्ध हुने भएको छ ।

नौबिसे खोलाको पुलमा ग्रिडर लन्चिङ गर्ने कार्य भएकोले आज र भोली बेलुका राति १० बजेदेखि बिहान ३ बजेसम्म सडक अवरुद्ध हुने प्रहरीले जनाएको छ ।

उक्त समयमा दुई पाङ्ग्रे तथा साना सवारी साधन प्रयोगकर्ताहरुले वैकल्पिक मार्गको रुपमा धार्के सितापाइला सडक प्रयोग गर्न अनुरोध गरिएको छ ।

एम्बुलेन्स र सुरक्षा निकायको गाडीबाहे अन्य सवारी सञ्चालनमा पूर्णरुपमा रोक लगाइनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved