अरमान मलिकका बारेमा श्रीमती पायल : दुई बिहे गरेर ममाथि अन्याय भयो

नेपालभ्युज

अरमान मलिकका बारेमा श्रीमती पायल : दुई बिहे गरेर ममाथि अन्याय भयो

एजेन्सी । दुई श्रीमती भएका भारतीय यूट्यूबर अरमान मलिकलाई अहिले धेरैले चिन्छन् । उनी भारतका सबैभन्दा धनी यूट्यूबरमा पनि पर्दछन् । अहिले उनी बिग बोस ओटीटी ३ मा सहभागी छन् ।

शो को सुरुआतमा उनी आफ्ना दुई श्रीमतीसँग पुगेका थिए । तर, अहिले दुई हप्तापछि उनकी पहिलो श्रीमती पायल मलिक बिग बोसको घरबाट बाहिरिएकी छन् । घरबाट बाहिर आउने बित्तिकै पायलले आफ्नो र अरमान मलिकसँग कृतिकाको सम्बन्धका बारेमा कुरा गरेकी छन् ।

पायल मलिकले घरभित्र परिवारका सदस्यसँग भरपूर मनोरञ्जन गरिन् । उनलाई यति छिटो बिग बोस ओटीटी ३ बाट बाहिर आउनु परेकोमा दुःख लागेको छ । हालै पायलले अरमान र कृतिकाको विवाहसँग उनलाई केही फरक नपर्ने कुरा संसारलाई देखाउन सक्ने बताएकी छन् । तर मन भने अझै पनि दुख्ने गरेको उनले बताइन् ।

अरमानको बहुविवाहका बारेमा पनि उनले कुरा गरेकी छन् । सोधियो कि अरमानले उनीसँग गलत गरेका थिए ? उनले भनिन्, “हो, अरमानले मसँग गलत गरे । मैले उनका लागि आफ्नो घर छोडेँ । आठ वर्षदेखि  निर्भर थिएँ, उसँगै बसिरहेकी थिएँ । उनै मेरा लागि सबै थिए र फेरि अचानक उनको जीवनमा अरु कोही आयो । त्यतिबेला मप्रति अन्याय भएको थियो ।”

उनले अगाडि भनिन्, “तर मैले पहिला पनि भनेकी छु, आज पनि र भविष्यमा पनि भन्नेछु म उनको पहिलो प्राथमिकता हुनेछ । कृतिका मपछि आउँछे र उसलाई पनि यो थाहा छ र यसबारेमा हाम्रो युट्यूब परिवार पनि जान्दछ ।”

कुराकानीकै क्रममा अरमानले सन्दीपबाट नाम परिवर्तन गरेको र धर्म परिवर्तन गरेको बारेमा पनि बताइन् । उनले अरमानको अगाडि पनि एउटा विवाह भएको तर, उनले धर्म परिवर्तन नगरेको बताइन् । उनी एक जाट परिवारका रहेको र मुसलमान नभएको बताइन् । साथमा उनीहरु एकअर्काप्रति खुशी भएरै अहिलेसम्म सँगै रहेको समेत उनको भनाई छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved