बजारबाट ५० अर्ब झिक्दै राष्ट्र बैंक 

नेपालभ्युज

बजारबाट ५० अर्ब झिक्दै राष्ट्र बैंक 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) बजारबाट ५० अर्ब रुपैयाँ झिक्ने भएको छ । बैंक तथा वित्तीय क्षेत्रमा अधिक तरलता (लगानीयोग्य पुँजी) थुप्रिएसँगै राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत पैसा झिक्ने भएको हो ।

बैंकले २१ दिनका लागि ५० अर्ब तरलता तान्ने भएको छ । निक्षेप संकलन बोलकबोल आज हुँदैछ । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिनुपर्नेछ ।

यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड र अधिकतम पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी निष्कासित रकम बराबर बोलकबोल गर्न सक्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved