रास्वपाको केन्द्रीय समिति बैठकमा सुरक्षा तैनाथी बढाइयो, कार्यालयको पाँचौं तलासम्मै प्रहरी परिचालन

नेपालभ्युज

रास्वपाको केन्द्रीय समिति बैठकमा सुरक्षा तैनाथी बढाइयो, कार्यालयको पाँचौं तलासम्मै प्रहरी परिचालन

काठमाडौं ।  रास्वपाको जारी केन्द्रीय समितको बैठकमा सुरक्षा अवस्था कडा पारिएको छ ।

महामन्त्री डा. मुकुल ढकालले बुझाएको प्रतिवेदनलाई मुख्य एजेण्डा बनाएको बैठक स्थलमा प्रहरी परिचालन बाक्लो बनाइएको छ । वनस्थलीस्थित पार्टी मुख्यालयको पाँचौ तलासम्म प्रहरी तैनाथी देखिएको छ ।

यसअघि पार्टी कार्यालय अगाडि मात्रै सुरक्षा हुने गरेकोमा आज भने अस्वभाविकरुपमा बैठक बसिरहेको पाँचौ तलामै प्रहरीहरू पुगेका हुन् ।

उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रवि लामिछाने अध्यक्ष रहेका रास्वपामा महामन्त्री ढकालले समीक्षा प्रतिवेदन बुझाए पछि पार्टी भित्रको असन्तुष्टिले चर्को रुप लिएको छ ।

ढकालले देशभर समीक्षा यात्रापछि निकालेको निचोडलाई प्रतिवेदनका रूपमा तयार पारेका थिए । उनले रास्वपाको जनमत निकै खस्किएको विश्लेषण प्रतिवेदनमै उल्लेख गरेका छन् ।

यसैबीच महामन्त्री ढकालले आजको बैठक प्रत्यक्ष प्रसारण नगरिएको भन्दै महामन्त्री ढकालले मुखमा कालो टेप टाँसेर सांकेतिक विरोध जनाएका छन् ।

यो पनि पढ्नुहोस :

रास्वपा केन्द्रीय समिति बैठकमा महामन्त्री ढकाल मुखमा टेप टाँसेर सहभागी

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved