युरोकपको क्वाटरफाइनल समीकरण पुरा, टर्की पनि अन्तिम आठमा

नेपालभ्युज

युरोकपको क्वाटरफाइनल समीकरण पुरा, टर्की पनि अन्तिम आठमा

काठमाडौं । अस्ट्रियालाई पराजित गर्दै टर्की युरो कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा अस्ट्रियालाई २–१ गोल अन्तरले हराउँदै टर्कीले अन्तिम ८ मा स्थान पक्का गरेको हो । टर्कीका लागि दुवै गोल डिफेन्डर मरिह डेमीरालले गरेका थिए ।

टर्कीले अब क्वाटरफाइनलमा नेदरल्यान्ड्ससँग खेल्नेछ । नेदरल्याण्ड्स रोमानियालाई पराजित गर्दै मंगलबार राति क्वाटरफाइनलमा पुगेको हो ।

यो सँगै युरो कपको क्वार्टरफाइनल समीकरण पनि पूरा भएको छ । क्वाटरफाइनलका अन्य खेलमा स्पेन र जर्मनी, इंग्ल्यान्ड र स्विटजरल्यान्ड तथा फ्रान्स र पोर्चुगल भिड्नेछन् ।

क्वार्टरफाइनलका खेल शुक्रबार र शनिबार हुनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved