टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति प्रक्रिया अघि बढ्यो, अन्तरवार्ताको मिति तोकियो

नेपालभ्युज

टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति प्रक्रिया अघि बढ्यो, अन्तरवार्ताको मिति तोकियो

काठमाडौँ । सरकारले नेपाल टेलिकम (एनटीसी)को प्रबन्ध निर्देशक छनौट प्रक्रिया अघि बढाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै टेलिकमको प्रबन्धक निर्देशक पदका लागि आवेदन दिएकालाई अन्तरवार्ता र प्रस्तुतिकरणका  लागि बोलाएको हो ।

टेलिकमका यसअघिका प्रबन्ध निर्देशक सुनिल पौडेललाई  भ्रष्टाचार मुद्दा लागेपछि मन्त्रालयले जेठ २२ गते प्रबन्ध निर्देशक पदको नियुक्ति प्रक्रिया अघि बढाएको  थियो ।

सो  पदका लागि १७ जनाले आवेदन दिएकोमा  अन्तिम १६ जनाको नाम छनौट भएको छ । अन्तिम नामावलीको सूचीमा परेकालाई असार २० गतेदेखि २२ गतेसम्मका लागि अन्तरवार्ता र प्रस्तुतिका लागि बोलाइएको छ  ।

यस्तो छ सूचना


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved