काठमाडौं । नयाँ सरकार गठनको तयारी भएसँगै सत्ता गठबन्धनमा आवद्ध दलहरु आन्तरिक छलफलमा जुटेका छन् ।
कांग्रेस र एमालेबीच राष्ट्रिय सहमतिको सरकार बनाउने निर्णय भएसँगै माओवादीसहितका दलले पार्टीको बैठक बोलाएका हुन् ।
अचानक बदलिएको राजनीतिक समिकरणपछिको अवस्थामा छलफल गर्न माओवादीले पदाधिकारीको बैठक बोलाएको छ ।
प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहान बालुवाटारमा बैठक बोलाएका हुन् । एमाले मन्त्रीहरुले आजै राजीनामा बुझाउने तयारी गरेपछि प्रधानमन्त्रीले आन्तरिक छलफल गर्न लागेका हुन् ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पनि सचिवालय बैठक बोलाएको छ ।
बैठक बिहान ८ बजे सिंहदरवारमा बस्ने सांसद गणेश पराजुली बताए । बैठकमा सत्ता फेरबदलको तयारीपछिको भावी रणनीतिबारे छलफल हुने पराजुलीले बताए ।
राष्ट्रिय सहमतिको सरकार बनाउने नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएसँगै उक्त सरकारमा सहभागी बन्ने वा नबन्ने भन्ने निर्णय पनि बैठकले गर्ने बताइएको छ ।
Facebook Comment
Comment