काठमाडौं । प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८१ पारित भएको छ । आइतबार अर्थमन्त्री पुनले प्रतिनिधि सभा बैठकमा प्रस्तुत गरेको ‘आर्थिक विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो ।
आज बसेको प्रतिनिधि सभा बैठकले आर्थिक विधेयकसहित तीन वटा विधेयकहरूलाई पारित गरेको छ । जसमा आर्थिक विधेयक २०८१, राष्ट्र ऋण उठाउने विधेयक २०८१ र भन्सार महसुल विधेयक २०८१ रहेका छन् ।
यसअघि नै सरकारले पेश गरेको विनियोजन विधेयक, २०८१ पनि पारित भइसकेको छ । उक्त विधेयकमाथिको छलफलमा सांसदहरू प्रेम सुवाल, डा.प्रकाशशरण महत, दीपेन्द्रप्रसाद बडू र किरणकुमार साहले भाग लिएका थिए ।
छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले करका कानुनलाई वैज्ञानिक एवं लगानीमैत्री र पारदर्शी बनाउन आर्थिक विधेयकमा सामान्य हेरफेरको प्रस्ताव गरिएको बताए ।
Facebook Comment
Comment