संसद् ऐन, कानुन बनाउनुपर्ने भूमिकामा चुक्दै गयो: अध्यक्ष दाहाल

नेपालभ्युज

संसद् ऐन, कानुन बनाउनुपर्ने भूमिकामा चुक्दै गयो: अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संसद् ऐन, कानुन बनाउनुपर्ने भूमिकामा चुक्दै गएको बताएका छन् ।

आइतबार संसद् भवनमा ६६ औँ संसद् दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपाली नागरिकको उत्कृष्ट प्रतिनिधिको थलो संसद् भए पनि संसद् नागरिकका ऐन, कानुन बनाउनतर्फ अहिले कतै न कतै चुकेको जिकिर गरे ।

सांसदहरूले निर्माण गर्ने ऐन, कानुनले नै देश कता जान्छ भन्ने कुराको निर्धारण हुने भन्दै सांसदहरू ऐन निर्माणमा बढी केन्द्रित हुनुपर्ने उनले बताए ।

‘नेपाल धनी संविधानमा छ भन्छु म । २००७ सालदेखि अहिलेसम्मका संविधानहरू हेर्ने हो भने धेरै संविधानहरू हामीले व्यहोर्‍यौँ । र पनि मुख्य गरेर २०१५ सालदेखि आम निर्वाचनपछि बनेको संविधान आफ्नै ढंगले जो हामीले उत्कृष्ट र राम्रो पनि गर्‍यौँ । २०१९ मा उत्कृष्ट ल्यायौँ भन्यौँ, २०४८ मा पनि भन्यौँ । त्यसपछि २०६३ सालपछि अन्तरिम हुँदै २०७२ सालमा अहिलेको नयाँ संविधान ल्याएका छौँ ।’ उनले भने ।

अध्यक्ष दाहालले संसद्लाई प्रभावकारी बनाउने सांसदहरूको भूमिका भनेको नेपाली नागरिकसँग गरेका वाचा,अहिलेको नेपालको वर्तमान राजनीतिक परिस्थिति, भविष्यको नेपालको सिंगो अर्थतन्त्रलाई कसरी अघि बढाउने र नेपाली जनताको जनजीविकाको सवालमा गम्भीर हुनुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved