प्रतीकलाई टेकुमा राखिने, आइतबार अदालतमा पेस गरिने

नेपालभ्युज

प्रतीकलाई टेकुमा राखिने, आइतबार अदालतमा पेस गरिने

काठमाडौं । पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई आज जिल्ला प्रहरी परिसर टेकुमा राखिने भएको छ ।

शुक्रबार साँझ पक्राउ परेका थापालाई आइतबार अदालतमा पेस गरिने भएको छ ।

उनी नक्कली भुटानी शरणार्थी प्रकरणका फरार रहेका अभियुक्त हुन् ।

भुटानी शरणार्थीको समस्या समाधान गर्न सरकारले पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा  कार्यदल बनाएको थियो ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने क्रममा थापाले विचौलियाको भूमिका निभाएको प्रहरी अनुसन्धानमा खुलेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved