कोपा फुटबलमा पानामाले अमेरिकालाई हरायो

नेपालभ्युज

कोपा फुटबलमा पानामाले अमेरिकालाई हरायो

काठमाडौं । कोपा अमेरिका फुटबलमा पानामाले अमेरिकालाई हराएको छ । शुक्रबार बिहान भएको खेलमा पानामाले अमेरिकालाई २–१ गोल अन्तरले हराएको हो ।

खेलको १७ औँ मिनेटमा पानामाका खेलाडीलाई मैदानमै हातले हानेपछि अमेरिकाका टीम वेह रेडकार्ड खाँदै बाहिरिएका थिए । त्यसको ५ मिनेटमा अमेरिकाले गोल गर्दै अग्रता बनायो ।

फेरि त्यसको ३ मिनेटपछि नै पानामाले बराबरी गोल फर्काएको थियो । ८२ औँ मिनेटमा पनामाका जोसे फाजार्डोले गोल गर्दै जित दिलाएका हुन् । तनावपूर्ण बनेको खेलमा पाँचवटा पहेँलो र २ रेड कार्ड दिइएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved